नियम १४
आयोजना हस्तान्तरण गर्न सक्ने -
१) प्राधिकरणद्वारा सञ्चालन भएका जग्गा विकास कार्यक्रम सम्बन्धी आयोजनाको सम्पूर्ण कार्य सम्पन्न भएपछि प्राधिकरणले स्थानीय निकाय वा प्रचलित कानून बमोजिम दर्ता भएका उपभोक्ता समितिलाई त्यस्तो आयोजना हस्तान्तरण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आयोजना हस्तान्तरण गरी लिन चाहने उपभोक्ता समितिको हकमा त्यस्तो आयोजनाबाट प्रत्यक्ष रुपले लाभान्वित हुने कम्तीमा साठी प्रतिशत जग्गाधनी वा मोहीले त्यस्तो उपभोक्ता समितिको सदस्यता लिएको हुनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम आयोजना हस्तान्तरण गर्दा प्राधिकरणले सम्बन्धित स्थानीय निकाय वा उपभोक्ता समितिस“ग सम्झौता गर्नु पर्नेछ ।
(४) यस नियम बमोजिम आयोजना हस्तान्तरण गरी लिने स्थानीय निकाय वा उपभोक्ता समितिले सम्झौतामा उल्लेखित शर्त अनुरुप आयोजनाको रेखदेख तथा बन्दोबस्त गर्नु पर्नेछ ।
(५) स्थानीय निकाय वा उपभोक्ता समितिले सम्झौता अनुरुप आयोजनाको रेखदेख तथा बन्दोबस्त नगरेमा प्राधिकरणले जुनसुकै बखत त्यस्तो आयोजना आफैले जिम्मा लिन सक्नेछ ।